धारा नेपालगन्ज म्याराथनको उपाधी खडकबहादुर र पूर्णलक्ष्मीलाई

दाङ । ११औँ धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खेलाडीले हात पारेका छन् । पुरूषतर्फ त्रिभुवन आर्मी क्लवका खडकबहादुर खड्काले खड्काले २ घण्टा १५ मिनेट ८ सेकेन्डमा ४२ किलोमिटर दुरी पार गर्दै उपाधि जितेका हुन् । खड्का गत १० औं संस्करणका पनि च्याम्पियन हुन् ।

नेपाल आर्मीकै सुशीलकुमार शाही दोस्रो र सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो भए । उनीहरूले क्रमशः २ घण्टा १६ मिनेट ४८ सेकेन्डमा र २ घण्टा १९ मिनेट १८ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गरे ।

खड्काले उपाधिसँगै नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। दोस्रो भएका शाहीले १ लाख तथा तेस्रो भएका पार्कीले ५० हजार रुपैयाँ पाए ।

यस्तै, हाफ म्याराथन महिलातर्फको उपाधि आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले जितीन । सशस्त्र प्रहरीकी फुलमती राना दोस्रो र आश्मा विश्वकर्मा तेस्रो भइन ।

न्यौपानेले उपाधिसँगै नगद ७५ हजार पुरस्कार प्राप्त गरिन् । रानाले ५० हजार तथा विश्वकर्माले २५ हजार रुपैयाँ पाएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *