काठमाडौँ । आज बिहान ५ बजेतिर मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ बगुविामा खाली ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा कान्ति लोकपथमा यातायात आवरुद्ध भएको छ ।
वीरगंजबाट काठमाडौँ आउँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक ब्रेक फेल भई अनियन्त्रित भएर बाटोमा नै पल्टेपछि आवागमन पूर्णरुपमा अवरुद्ध हुन पुगेको हो । ट्रकका चालक बारा, जीतपुरसिमरा–१ का ४० वर्षीय बिनोद माझी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
ट्रक हटाउन पहल भइरहेको प्रहरीले जनाएको छ । हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा आउने यातायातहरु पूर्णरुपमा प्रभावित भएका छन् ।

Leave a Reply