
काठमाडौं । जिल्ला सुरक्षा समिति बारा र जेन-जी समूह बीच वारामा जारी वार्तामा जेन-जी अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि असन्तुष्टि पोखेका छन् ।
उनले गृहमन्त्रीको लाचारीका कारण सिमरा घटना भएको आरोप लगाए । उनले भने, ‘सरकार हाम्रो हो तर, गृहमन्त्रालय हाम्रो होइन । गृहमन्त्रालयले राम्रोसँग काम गरेको भए यो दिन आउने थिएन ।’
देशका लागि लडेका जेन-जीले नै अन्याय सहनु परेको उनले बताए । नेकपा एमालेका कार्यकर्ताले प्रहरी र जेन-जी समूहलाई भिडाएको गुरुङले आरोप लगाए ।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा जिल्ला सुरक्षा समिति बारा र जेन जी समूह बीच वार्ता हुँदै गर्दा सुदन गुरुङ र पुरुषोतम यादव समेत सहभागी भएका छन् ।
बुधबार बारा जिल्लाको सिमरामा जेन-जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि वार्ता गरिँदैछ ।

Leave a Reply