एनपीएल-२ : सुदूरपश्चिमविरुद्ध पोखरा- टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एनपीएलमा पोखरा पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग पराजित भएको थियो । सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा हुनेछ ।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *