पठन संस्कृति विकासका लागि खुल्यो बुकाहोलिक्स, का-को छन् संलग्न ?

काठमाडौं । नेपालमा पठन संस्कृतिलाई बढावा दिने उद्देश्यसहित एउटा सामाजिक संस्थाको स्थापना गरिएको छ । सगुना शाहको अध्यक्षतामा बुकाहोलिक्स नामक संस्था दर्ता गरेर सञ्चालनमा आएको हो ।

संस्थाका उपाध्यक्षमा रास्वपाका नेता गणेश कार्की छन् । यस्तै कर्मठ सुवेदी सचिव र मोहित जोशी कोषाध्यक्ष रहेका छन् । उपाध्यक्ष कार्कीका अनुसार यो संस्था नाफा बाँड्न नमिल्ने फाउन्डेसनका रुपमा दर्ता गरिएको छ ।

२०११ सालदेखिकै सोचले अहिले आएर मुर्तरुप लिएको कार्कीले बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘२०११ देखि पढ कि पढ भन्दै एउटा समूह चलाइराख्नु, त्यसमा अनवरत समय दिनु, खर्चबर्च धान्नु सामान्य कुरा होइन । सगुना शाह दिदीलाई यसका लागि जति पटक धन्यवाद भने पनि कम हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *