
काठमाडौं । एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘किन लाग्छ माया’ को प्रदर्शन मिति तय भएको छ। चलचित्र आउँदो चैत्र ६ गतेबाट नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ ।
प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले आज चलचित्रको पहिलो लुक्स पनि सार्वजनिक गरेको छ । सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य कलाकारहरु सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ ।
सन्जीत भण्डारी र मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, मिस पबी, हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की , गीता अधिकारी,निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, बिनोद ढकाल, रामकाजी घिमिरे, रबिन्द्र खड्का, सुनील कटुवाल, नारायण प्रधान, सुभाष गजुरेल, रमेश घिमिरे, ईश्वर दाहल, रामचन्द्र श्रेष्ठ, रूपा थापा, नेहा देव, श्री स्वस्थानी तामाङ, अनुजा भट्टराई घिमिरे, आरती बुढ़ा,रामजी लमसॉल र प्रज्ञान खड्काको अभिनय छ ।
बाल कलाकारमा आराध्या राज्यलक्ष्मी बी.सी., विनायक सुनुवार र सुरित पूढासैनीले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा निरन्तर रुपमा काम गर्दै आएका कलाकार सेडो रियलले पनि यो चलचित्रबाट डेब्यू गर्दैछन् । चलचित्रको कथा सेडो रियलकै अवधारणामा आधारित छ भने पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका छन् ।

Leave a Reply