
काठमाडौं । अखिल क्रान्तिकारीका ५ पदाधिकारीले मात्रै प्रचण्डको साथ छाडेर जनार्दन शर्मा नेतृत्वको प्रतिशील राष्ट्रिय अभियानको पक्षमा खुलेका छन्।
आज पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा पाँच जना विद्यार्थी नेताहरू मात्रै बैठकमा अनुपस्थित रहेका हुन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज पेरिसडाँडामा अखिल क्रान्तिकारीको बैठक बसेको थियो।
आजको बैठकमा उपाध्यक्ष सन्दीप पुन, महासचिव रोशन थापामगर, उपमहासचिवद्वय जटिल कार्की र निर्मला गौतम र सचिव सम्झना राई मात्रै शर्माको पक्षमा लागेका हुन्।
३३ सदस्यीय अखिलको पदाधिकारीमा अधिकांश शर्मा निकटकाले जितेका थिए। तर शर्माले पार्टी छाडेर अलगै अभियान थालेपछि अधिकांशले साथ दिएनन्।
आज पेरिसडाँडामा भएको बैठकमा नेताहरू शक्ति बस्नेत, हिमाल शर्मालगायत पनि सहभागी थिए।

Leave a Reply