माओवादीका दुई केन्द्रीय सदस्यसहित रौतहटका नेता कार्यकर्ताले प्रचण्डको साथ छाडेर रोजे जनार्दन

काठमाडौं । विघटित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक जयसवाल र सत्यनारायण भगतलगायत रौतहटका नेता कार्यकर्ताले प्रचण्डको साथ छाडेका छन् ।

नेकपा एससहित साना दलहरूसँग मिलेर प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि असन्तुष्ट नेताहरूले आजबाट प्रचण्डको साथ त्यागेका हुन् ।

प्रचण्डको साथ छाडेका नेता कार्यकर्ताहरूले रौतहटमा पत्रकार सम्मेलन गरेर जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा लाग्ने घोषणा गरे ।

उनीहरूले प्रचण्डमा देखा परेको राजनीतिक, वैचारिक विचलन संगठनमा नोकरशाही तन्त्र, स्वार्थ प्रेरित गतिविधि र पदलुलुप्ता गठबन्धनबाट आफूहरू पीडित भएको आरोप लगाएका छन् ।

अब डा. बाबुराम भट्टराई र शर्माको नेतृत्वमा अभियानमा लाग्न रौतहटका नेता कार्यकर्तालाई समेत आह्वान गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *