
काठमाडौं । आकर्षक जागिरको लोभ देखाएर म्यानमार पुर्याइएका नेपालीहरूलाई अवैधरूपमा चलाइएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा लगाएको पाइएको छ ।
नेपाली दूतावास बैंककले थाइका सरकारी अधिकारी तथा सुरक्षाकर्मीको सहयोगमा त्यस्ता अवैधस्थलमा छापा हानेर ३७ नेपालीलाई उद्धार गरी बिहीबार नेपाल एयरलाइन्सको जहाजबाट स्वदेश फर्काएको छ ।
दूतावासका अनुसार उनीहरूलाई अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगाइएको थियो ।
म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ नेपालीलाई पनि यथाशीघ्र घर फर्काउने गरी समन्वय भइरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भिजिट भिसाको वहानामा काममा नआउन पनि दूतावासले आग्रह गरेको छ ।

Leave a Reply