नेप्से पुनर्संरचनाका लागि सुझाव समिति गठन

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनाको विषयमा नयाँ सरकारले पनि चासो देखाएको छ । अर्थ मन्त्रालयको सिफारिसमा एक अध्ययन सुझाव समिति गठन गरिएको छ ।

नेपाल लेखामान बोर्डका पूर्व अध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित ५ सदस्यीय समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला छन् । त्यसबाहेक समितिमा नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहनेछन् ।

समितिलाई ५० दिनको कार्यादेश दिइएको छ । जसमा नेप्सेको वर्तमान संरचना, कार्य प्रणाली र प्रविधिमा आवश्यक सुधारका विषयमा विस्तृत अध्ययन गरी ठोस सुझावसहितको प्रतिवेदन पेश गर्नु पर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *