बिहारकाे सत्ता नेतृत्वमा पुनः नितीश- यस्ताे छ ७ दिने मुख्यमन्त्रीदेखि १०औँ कार्यकालसम्मकाे यात्रा

भारत । बिहार विधानसभा चुनावमा बहुमतका साथ विजय हासिल गरेपछि, राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले नीतीश कुमारलाई मुख्यमन्त्रीको रूपमा पुनः निर्वाचित गरेको छ।

सत्तामा टिकिरहनका लागि पछिल्लो वर्षमा गठबन्धन परिवर्तन, राजीनामा र सत्ता परिवर्तन हुँदा पनि नीतीश बिहार राजनीतिमा सदावहार छाइरहेका छन् । उनी दशौं कार्यकाल सम्हाल्दैछन् ।

पछिल्लो दुई दशकदेखि बिहारको राजनीतिमा सबैभन्दा प्रमुख व्यक्तित्व नीतीश कुमार बनेका छन् । विधानसभा चुनावमा ऐतिहासिक जितपछि, राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले राज्यको शीर्ष पदको लागि नीतीश कुमारलाई छनोट गर्‍यो। मंगलबार एनडीए विधायकहरूको बैठकपछि यो निर्णय दशौँ कार्यकालका लागि उनी मुख्यमन्त्रीका लागि तय भएका हुन् ।

बिहारको २ सय ४३ सिटमध्ये २ सय २ सिट जितेको गठबन्धनमा भारतीय जनता पार्टीका ८९ र जनता दल ९संयुक्त० का ८५ विधायक छन् ।
यसबाहेक, यसमा चिराग पासवानको लोक जनशक्ति पार्टी (राम विलास)का १९, हिन्दुस्तान अवामी मोर्चा (धर्मनिरपेक्ष) का पाँच र राष्ट्रिय लोक मोर्चाका चार विधायक समावेश छन् ।

सन् २००० मा पहिलोपटक मुख्यमन्त्रीको शपथ लिएका नीतीश समता पार्टीमा थिए । उनको कार्यकाल केबल सात दिन रह्यो । सरकारले सत्तामा रहन पर्याप्त निर्वाचन संख्या प्राप्त गर्न सकेन ।
२००५ मा, नीतीश कुमार सत्तामा आए जब उनको पार्टी, जनता दल युनाइटेडले भाजपासँग गठबन्धन गठन गर्‍यो र पूर्ण बहुमत प्राप्त गर्‍यो ।
२०१० मा, गठबन्धनले अझ बलियो जनादेशका साथ सत्ता कायम राख्यो, जसले गर्दा नीतीश कुमार बिहार सरकारको नेतृत्वमा रहिरहे ।
तर उनी प्रतिद्वन्द्वी राष्ट्रिय जनता दल र कांग्रेसको बाहिरी समर्थनमा सत्तामा रहे ।

२०१३ मा नरेन्द्र मोदीलाई प्रधानमन्त्री पदको उम्मेदवार घोषित गरिएपछि, नीतीशले भाजपासँगको सम्बन्ध तोडेका थिए, २०१४ को लोकसभा चुनावमा, उनको पार्टीले एक्लै लडे र हारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *