
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
मन्त्रालयमा बुधबार आयोजित आर्थिक वर्ष २०८२–०८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
सञ्चारमन्त्री खरेलले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण कार्यक्रमलाई प्राथमिकता दिन सूचना तथा प्रशारण विभागलाई निर्देशन दिए ।
बैठकमा मन्त्रालयका सचिव राधिका अर्याल, सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र विष्ट, राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राई, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी, नेपाल टेलिकमका निमित्त प्रवन्ध निर्देशक सविना मास्के लगायतले संस्थाले हासिल गरेका प्रगति प्रस्तुत गरेका थिए ।

Leave a Reply