नेकपासँग एकता गर्ने अशोक राई नेतृत्वको जसपा सकारात्मक, भोलि निर्णायक वार्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीबीच पार्टी एकताका लागि वार्ता भएको छ ।

बुधबार नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडामा वार्ता भएको नेता प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार वार्ता अत्यन्त सकारात्मक रह्यो । छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको छ ।

वार्तामा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट देव गुरुङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल तथा जसपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेतको सहभगिता थियो ।

निर्णायक वार्ता भोलि मंसिर ४ गते ३ बजे नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *