एनपीएलमा फिक्सिङ प्रयास असफल, खेलाडीलाई आर्थिक प्रलोभन देखाउने दुईजना पक्राउ

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीलाई आर्थिक प्रलोभनमा पारेर फिक्सिङ गर्न खोजिएको खुलासा भएको छ । यस्तो कार्यमा संलग्न एक भारतीय सहित दुईजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार खेलाडीहरुलाई स्पोन्सर गर्छौं भन्दै ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरिएको थियो । उनीहरुले खेलाडीलाई हारजितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको सूचना प्रहरीले पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दुईजनालाई २ मंसिरमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको हरियाणा रानीमहल पानीपत बस्ने २८ वर्षीय दिलप्रित सिंह छन् । यस्तै बर्दिया जिल्ला बारबर्दिया ८ घर भई हाल भारतको चण्डीढ बस्ने रविका सिंह ठकुरी पक्राउ परेकी छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *