एनपीएलको रातिको खेल हेर्न आउने महिला, वृद्ध, र अशक्तका लागि नि:शुल्क बस सञ्‍चालन हुने

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करण अन्तर्गत राति हुने खेल हेर्न आउने विशेष दर्शकहरुलाई नि:शुल्क बसको व्यवस्था गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट खेल हेरेर फर्किने आफ्नो सवारी साधन नभएका विशेष गरि महिला, वृद्ध, र अशक्तहरूको लागि रुटमा निःशुल्क बस सेवा सुचारु हुने भएको छ ।

एनपीएल हेरेर घर फर्कने दर्शकहरूलाई रातको समयमा र चिसोको मौसममा सवारीसाधनको असुविधा भएको गुनासो शाखामा आएपछि महिला, वृद्ध, र अशक्तहरूको लागि निशुल्क बसको व्यवस्था गरेको खेलकुदमन्त्री बब्लु गुप्ताले बताए ।

उनले भनेका छन् ,‘युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट खेल हेरेर फर्किने आफ्नो सवारी साधन नभएका विशेष गरि महिला, वृद्ध, र अशक्तहरूको लागि रुटमा निःशुल्क बस सेवा सुचारु हुने भएको छ। यसको लागि मुस्कान ट्राभल्सको सहकार्य रहेको छ।’

यो सेवा आजदेखि खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ। ४ वटा रुटमा निशुल्क बस सञ्चालन हुनेछ ।

रुट
रुट १ टीयू गेट – स्वयम्भू – बालाजु

रुट २ टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज

रुट ३ टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बानेश्‍वर – तीनकुने – गौशाला – चाबहिल

रुट ४ टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *