
जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव आजको सभाबाट पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।
मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मधेश मण्डलमाथि पद अनुकूलको आचारण नगरेको भन्ने प्रस्ताव पेश गरेका थिए लोसपाका नेताले समर्थन जनाए
उपसभामुख बबिता राउत ईशरले आव्हान गरेको मधेश प्रदेशसभाको बैठकमा सभामुखविरुद्धको अविश्वास प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो ।
प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५, परिच्छेद २१, नियम १८० अनुसार पदीय आचरण अनुकूल कार्य नगरेको उनीहरूको आरोप छ । सभामुख नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । मनोमानी ढंगले सदन चलाएको, सांसदहरूलाई बोल्न नदिएको, सांसदहरूमाथि आक्रमण गरेको उनीमाथि विपक्षीको आरोप छ ।
२ सातादेखि अस्तव्यस्त बनेको मधेश प्रदेशको राजनीति अझै सङलिएको छैन । यहाँ एमाले एकातिर र अरु सबै दल अर्कोतिर उभिएका छन् । प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति, केन्द्र सरकारबाट प्रदेश प्रमुख परिवर्तन र मुख्यमन्त्रीविरुद्धको सर्वोच्च अदालतको मुद्दाले मधेशको राजनीति गर्माएको हो ।

Leave a Reply