
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी र युवा संघ जनतामाझ बिचमा लोकप्रिय रहेको दाबी गरेका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै आज सिमरामा रोक लगाए पनि २७ गते काठमाडौंमा अहिलेसम्म कसैले गर्न नसकेको सभा गरेर देखाउने बताए ।
उनले महाधिवेशनको बेलामा पार्टीभित्रकै केही नेताले राजनीतिक एजेन्डा छाडेर अनावश्यक कुरा उठाइरहेको टिप्पणी गरे ।
उनले भने, ‘एउटा केपी ओलीको अनुहार लिएर हामी चुनावमा जान सक्दैनौँ भन्छ, अर्कोले धरहरा बनेको जस लिने मान्छे मरेको किन नलिने ? भन्छ, अर्को केपी ओलीविरुद्ध जो उठेपनि भोट हाल्छु भन्छ, यो राजनीतिक एजेन्डा होइन, यस्ता एजेन्डाले महाधिवेशनमा इन्ट्री पाउनु हुँदैन । यो त आपराधिक एजेन्डा हो ।’
उनले सकेसम्म सहमतिमा नभए प्रतिस्पर्धाबाटै नेतृत्व छान्ने पनि बताए ।

Leave a Reply