राष्ट्रियसभा निर्वाचनमा भाग लिन एमालेले गरायो दल दर्ता

काठमाडौं । आगामी माघ ११ गतेबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

एमालेको तर्फबाट प्रतिनिधि निरज आचार्य दर्ताको लागि निर्वाचन आयोग पुगेका थिए ।

आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले मंसिर १ देखि ७ गतेसम्मको समय तय गरेको छ ।

फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ मा निर्वाचनको मिति तोकिएको छ ।

प्रतिनिधिसभाका लागि दर्जन बढी दल आयोगमा दर्ता भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *