कावा सभापति खड्कालाई ध्यानाकर्षण पत्र बुझाउने विशेष महाधिवेशन पक्षधरको तयारी, अझै दिएनन् समय

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई फेरि ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन्।

संस्थापन पक्षका नेताहरूले भोलिको बैठकबाट कार्यसमितिको म्याद थप गर्ने बताउन थालेपछि दबाब दिनको लागि आज ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन्।

यद्यपि, अहिलेसम्म खड्काले समय दिएका छैनन्। असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेका नेताहरूले आज पनि ध्यानाकर्षण पत्र बुझाउन लागेको नेता मधु आचार्यले बताए।

उनले भने, ‘हामीले विशेष महाधिवेशनको मागसहित पत्र बुझाएको एक महिना भइसक्यो। अझै कुनै प्रक्रिया अगाडि बढेको छैन। त्यसैले फेरि ध्यानाकर्षण पत्र बुझाउन लागेका हौँ।’

उनले कावा सभापति खड्काबाट अहिलेसम्म समय प्राप्त भइनसकेको बताए।
उनले थपे, ‘के कारणले हो उहाँले अहिलेसम्म समय दिनुभएको छैन। उहाँबाट समय प्राप्त हुनासाथ साथीहरूले गएर बुझाउनुहुन्छ।’

कांग्रेसमा महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेबारे विवाद छ। तर उनले भोलि बस्न केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन महाधिवेशनको कार्यतालिका नल्याए विशेष महाधिवेशन मिति तोक्नुको विकल्प नभएको दाबी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *