विराटनगर । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुदा ४ घर जलेका छन् । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति आगलागी भएको हो । आगलागीबाट तेम्बा बजारका ती घरहरु पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
राति करिब ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट तेम्बा बजारका इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूको घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलका सामानलगायत घरभित्र रहेको सम्पूर्ण सामग्री र नगदसमेत जलेर नष्ट भएको छ । आगोलागी भएका सबै घरमा पसल थिए ।

Leave a Reply