प्रदेशसभा बैठक राख्न उपसभामुखसमक्ष विपक्षी सांसदहरूको लिखित माग

काठमाडौं । मधेश प्रदेशसभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले उपसभामुख बबिता राउत ईशरलाई पत्र बुझाएका छन् ।

सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचरण नगरेको अविश्वास प्रस्ताव दर्ता रहेको समयमा विपक्षी दलका सांसदहरूले मंगलबार उपसभामुखलाई भेटेर प्रदेशसभाको बैठक आह्वान गर्न माग गरेका हुन् ।

नेकपा संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख बबिता राउत समक्ष प्रदेशसभा बैठक बुधबार आह्वान गर्न माग गरेको बताए ।

प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउने उद्देश्यले उक्त माग गरेको साहको भनाइ छ ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकिकृत समाजवादी पार्टी, माओवादी केन्द्रले मधेश प्रदेशसभाको बैठक बोलाउन माग गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *