
काठमाडौं । नापी कार्यालय वीरगञ्ज पर्साका २ जना कर्मचारी एक लाख रूपैयाँ घुससहित पक्राउ परेका छ्न ।
सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारले कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
छुट जग्गा दर्ता गर्न उनीहरूले सेवाग्राहीबाट घुस लिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

Leave a Reply