सुरक्षा फौजको कारबाहीमा मारिए भारतका ‘मोस्ट वान्टेड’ माओवादी नेता हिड्मा

काठमाडौं । सुरक्षा फौजसँगको भिडन्तमा भारतको विद्रोही माओवादीका एक वरिष्ठ नेता मारिएका छन् । आन्ध्र प्रदेशका प्रहरी खुफिया विभागका डिजिपी महेश चन्द्र लड्डाले माओवादी नेता माडवी हिड्मा मारिएको पुष्टि गरेका छन् ।

समाचार एजेन्सी पिटिआईका अनुसार ५१ वर्षीय हिड्मा भारतीय कम्युनिस्ट पार्टी माओवादीका शीर्ष नेता हुन् । उनी प्रहरीको मस्ट वान्टेड सूचीमा थिए । उनीसँगै पत्नीको पनि आन्ध्र प्रदेशको मारेदुमिली जङ्‍गल क्षेत्रमा शव फेला परेको प्रहरीले जनाएको छ ।

छत्तीसगढको सुकमा जिल्लाको जंगलमा खिचिएको माधवी हिडमाको फाइल तस्बिर। तस्बिर: द हिन्दू

मंगलबार बिहान दोहोरो भिडन्त भएको थियो र त्यसक्रममा केन्द्र सरकारसहित कयौं राज्य सरकारले टाउकोको मूल्य १ करोड तोकिएका माओवादी नेता मारिएको प्रहरीले उल्लेख गरेको छ ।

हिड्मा सन् १९९६ देखि माओवादी सङ्‍गठनमा जोडिएका थिए । १७ वर्षको उमेरमा माओवादी युद्धमा होमिएका हिड्मामाथि विभिन्न हमलामा जिम्मेवार मानिएको थियो ।

माधवी हिडमा माओवादीहरूको पिपुल्स लिबरेशन गुरिल्ला आर्मी (पीएलजीए) बटालियन १ को प्रमुख थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *