विशेष महाधिवेशन पक्षधर कांग्रेस नेताले भेटे प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरूले आज बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा मुलुकको वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल भएको नेता गुरुराज घिमिरे बताए । उनले भने, ‘हामीले प्रधानमन्त्रीसँग मुलुकको राजनीतिक परिस्थिति, चुनावको तयारी, सुरक्षा अवस्थालगायतको विषयमा कुरा गरेका हौँ।’

साढे २ घण्टासम्म भएको छलफलमा प्रधानमन्त्री कार्कीले कांग्रेसभित्र विकसित घटनाक्रम र विशेष महाधिवेशनको सम्भावनाबारे समेत चासो राखेकी थिइन् ।

कांग्रसेको विशेष महाधिवेशन अभियानका नेताहरूले प्रधानमन्त्रीलाई भेटेपछि कांग्रेसमा तरंग उत्पन्न भएको छ ।

प्रधानमन्त्री भेट्न विघटित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँसहित नेताहरू गुरु घिमिरे,देवराज चालिसे,उज्ज्वल बराल,टेकराज पौडेल,छडुप तामाङ र सन्दिप निरौला बालुवाटार पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *