
काठमाडौं । निर्वतमान सांसद अमरेशकुमार सिंहले रास्वपा सभापति रवि लामिछानेले अदालतबाट चाँडै न्याय पाउने विश्वास व्यक्त गरेका छन्। नख्खु कारागार पुगेर रविलाई भेटेर फर्किने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रविलाई न्यायालयले न्याय दिने विश्वास अझै रहेको बताए।
उनले भने, ‘नेपालको न्यायालयप्रति विश्वास छ, चाँडै न्याय उहाँले पाउनुहुनेछ। चुनावअघि नै निस्किनुहुन्छ भन्ने आशा छ।’
उनले तत्कालीन सरकारलाई रवि लामिछानेमाथि प्रतिशोध राखेको दाबी गरे। उनले आजको रविसँगको भेटमा रास्वपा उपसभापति स्वणिम वाग्ले पनि सहभागी रहेको बताए।
उनले थपे, ‘तीन जनाबिच देशको राजनीतिक अवस्था, जेनजी आन्दोलन, जनतामा देखिएको निराशालगायतको विषयमा छलफल भयो। हामी जनतामा जानुपर्छ भन्नेमा हामी सहमत छौँ। जनतामा परिवर्तनको चाहना छ।’
उनले आफ्नो रास्वपासँग सहकार्यको सम्भावना रहेको भन्दै रविसँग पनि त्यसबारे छलफल भएको बताए। उनले आगामी निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुनसक्ने सम्भावनालाई पनि नकारेनन्।
कुलमान, बालनेसहित नयाँ शक्तिहरू एक ठाउँमा ल्याउनुपर्छ भन्ने संवाद भइरहेको बताए।

Leave a Reply