हसिनामाथि सजाय अवैध ढंगले कब्जा गरिएको बंगलादेशको सत्ता जोगाउने नाटकमात्र : आवामी लिग

काठमाडौं । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिने अदालतको फैसलालाई उनको पार्टी अवामी लिगले खारेज गरेको छ । सो पार्टीले कथित फैसलालाई असंवैधानिक र अनिर्वाचित सरकार तथा उसका न्यायाधीशले गरेको पुर्वाग्रहप्रेरित फैसला भन्दै अदालती सुनुवाइलाई एक नाटकमात्र भनेको छ ।

फैसलाविरुद्ध अवामी लिगले नोभेम्बर १८ मा बंगलादेश बन्दको आह्वान गरेको छ भने १९ देखि २१ नेभेम्बरमा देशभर विरोध प्रदर्शनको घोषणा गरेको छ ।

पार्टीको वक्तव्यमा भनिएको छ-एक निर्वाचित सरकारको ठाउँमा अवैध,असंवैधानिक र गैर निर्वाचित फासिवादी युनुस तथा उनका सहयोगीले गैरकानून ढंगबाट देशको सत्तामा कब्जा गरेका छन् ।

उनीहरूले अन्तर्राष्ट्रिय सिद्धान्तको उल्लंघन गर्दै एक अवैध सुनुवाई गराएका हुन् । अवैध तरिकबाट हडपिएको सत्ता बचाउन शेख हसिनाको विरुद्ध यो हिंश्रक कदम उठाएका हुन् ।

त्यहाँका एक अदालतले भारतमा निर्वासित हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *