बाला चतुर्दशी मेलाः आज दिउँसो गौशालामा सवारी आवागमन अवरुद्ध हुनसक्ने

काठमाडौँ । बाला चतुर्दशी मेला– २०८२ का कारण आज दिउँसो गौशाला क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुने सम्भावना छ ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार पार्किङ र डाइभर्सनस्थल तय गरिएको छ ।

त्यसअनुसार सिनामंगल, रातोपुल, कालोपुल र चाबहिलबाट गौशालातर्फ जाने सडकलाई सम्भावित डाइभर्सनस्थल तय गरिएको हो । तीर्थालुको भिड बढ्नेबित्तिकै ती स्थानबाट गौशाला जाने बाटो बन्द गरिने उनले बताए । तीर्थालुका निम्ति सिफल चौर, बनकाली र तिलगंगामा पार्किङको व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *