
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहित १२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन्। आयोगले सोमबारबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरु गरेको हो।
पहिलो दिन दर्ता भएका दलमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा चौथो नम्बरमा दर्ता भएको छ । नेकपाका तर्फबाट राजेन्द्रप्रसाद पाण्डेसहितका नेता–कार्यकर्ता सोमबार आयोगमा पुगेर दल दर्ता प्रक्रिया पूरा गरेका थिए ।
निर्वाचन प्रयोजनका लागि दर्ता हुने पहिलो दल भने बुद्धलाल मेचे नेतृत्वको मंगोल नेशनल अर्गनाइजेशन हो । पार्टीका प्रतिनिधि सन्तोष तामाङ सोमबार बिहानै आयोग पुगेर दल दर्ता गराएका थिए ।
दोस्रो नम्बरमा विश्वेन्द पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, तेस्रो नम्बरमा अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी दर्ता भएका छन् । पाँचौँ नम्बरमा मेघबहादुर कामी नेतृत्वको नेपाल मानवतावादी पार्टी, छैटौँ नम्बरमा सन्ध्या खनाल नेतृत्वको देश विकास पार्टी, सातौँ नम्बरमा दुर्गा सोव नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी दर्ता भएका छन् ।
त्यसैगरी, आठौँ नम्बरमा द्रोण अधिकारी नेतृत्वको देशभक्त समाज पार्टी, नवौँ नम्बरमा गीता क्षेत्री नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी, एघारौँ नम्बरमा नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी दर्ता भएको छ ।
१२ औँ नम्बरमा भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० दर्ता भएको छ । त्यस्तै, १३ औँ नम्बरमा प्रभु साह नेतृत्वको आम जनता पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन इच्छुक दलले मंसिर १० गतेभित्र दर्ता गरिसक्नुपर्ने सूचना आइतबार सार्वजनिक गरेको थियो ।
राष्ट्रिय सभा निर्वाचनका लागि ३ दल दर्ता
यसैबीच आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएको दलको संख्या ३ पुगेको छ । पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी, दोस्रोमा बहुजन शक्ति पार्टी र तेस्रोमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० दर्ता भएको आयोगले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरिसक्नुपर्ने अन्तिम मिति मंसिर ७ गते तोकिएको छ ।

Leave a Reply