एमाले संसद पुन:स्थापनापछि केपी ओली प्रधानमन्त्री नहुने ग्यारेन्टी दिन तयार छ : खगराज

जनकपुरधाम । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रतिनिधिसभा पुन:स्थापनापछि अध्यक्ष केपी ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार रहेको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने ‘प्रतिनिधिसभा पुन:स्थापनापछि हाम्रो अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार छ, तर निर्वाचनका लागि निष्पक्ष सरकार बन्नु आवश्यक छ ।’

प्रतिनिधिसभा पुन:स्थापना गरेर संविधान संशोधन गरी प्रतिनिधिसभामा प्रतिनिधित्व नगरेको व्यक्ति पनि छोटो समयका लागि प्रधानमन्त्री बन्न सक्ने प्रावधान ल्याएर निष्पक्ष सरकार निर्माण अहिलेको आवश्यक्ता रहेको उनको तर्क छ ।

सुशीला सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै सम्भावना नरहेको उनले बताए । जेन-जी आन्दोलनको क्रममा अपराधीहरू जेलबाट फरार भएको र हतियारहरू लुटिएकाले अहिले पनि भय र त्रास रहेको अधिकारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *