‘जारी २’ को ९ दिनको कमाइ ४ करोड ९२ लाख, ‘मन बिनाको धन’को कति ?’

काठमाडौं । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ले ९ दिनमा चार करोड ९२ लाख २२ हजार ९७६ रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

त्यस्तै टंक बुढाथोकी निर्देशित ‘मनबिनाको धन’ले ९ दिनमा दुई करोड ४३ लाख ३५ हजार ५८७ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यी दुवै चलचित्र गत कात्तिक २१ गतेबाट एक साथ प्रदर्शनमा आएका थिए ।

‘जारी २’ साढे दुई वर्षअघि प्रदर्शनमा आएको ‘जारी’को सिक्वेल हो । ‘जारी’ १७ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको थियो । ‘जारी २’मा दयाहाङ राई, मिरुना मगर लगायत कलाकारको अभिनय छ । ‘मनबिनाको धन’ गायक अशोक दर्जीको जीवन संघर्षमा आधरित चलचित्र हो ।

त्यस्तै तेस्रो सातामा प्रवेश गरिसकेको ‘परान’ले ९ करोड ८६ लाख ९४ हजार ७६४ रुपैयाँको ग्रस कलेक्सन गरेको छ भने अनमोल केसी स्टारर ‘जेरी अन टप’ले १२ करोड ७ लाख ३४ हजार २४६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *