
काठमाडौं । नीर शाह स्टारर ‘परान’ले आफूलाई लामो रेसको घोडा प्रमाणित गरेको छ । १६ दिनसम्म पनि यसको व्यापार रोकिने छाँट देखिँदैन । घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ ।
चलचित्रले गत शनिबारसम्म ९ करोड ८६ लाख ९४ हजार ७६४ रुपैयाँको ग्रस कलेक्सन गरिसकेको छ । हिजो आइतबारसम्मको कमाइ जोड्दा चलचित्रले सहजै १० करोडको आँकडा पार गर्ने देखिन्छ ।
दिपक आचार्य निर्देशित यस चलचित्रमा निर शाहको अलवा महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा लगायत कलाकारको अभिनय छ ।

Leave a Reply