सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनस शेयर बाड्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ।  आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएकाे हाे ।  बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ का लागि महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।

सभाले बैंकको चुक्ता पूँजी रु. १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रहेको अवस्थामा सेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । यसअनुसार सेयरधनीहरूलाई रु. ७० करोड ४४ लाख ९९ हजार १० बराबरको बोनस शेयर प्राप्त हुने भएको छ। त्यसैगरी, ५.५३ प्रतिशत दरले रु. ७७ करोड ९१ लाख ७५ हजार ९०५ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय पनि सभाले पारित गरेको छ ।

सभाेले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा स्वपूँजीमा भएको परिवर्तनको विवरण समेत अनुमोदन गरेको छ। साथै, अर्को आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्दै उनका पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरिएको छ ।

बैंकले निरन्तर सेवा विस्तार, डिजिटल बैंकिङ मजबुतीकरण र वित्तीय पहुँचलाई सहज बनाउँदै स्थिर नाफामूलक वृद्धिमा केन्द्रित रहेको जनाएको छ । २४औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएसँगै बैंकले आगामी वर्षमा ग्राहक तथा सेयरधनीमैत्री नीतिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *