दरबारमार्ग जग्गा हिनामिना प्रकरण : पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौं । दरबारमार्ग जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले पक्राउ गरेको हो ।

शेर्पा समूहसम्बद्ध थामशेर्कु ट्रेकिङलाई नेपाल ट्रष्ट स्वामीत्वको दरबारमार्गस्थित जमिन लिजमा दिएको प्रकरणमा यसअघि तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका थिए ।

सिआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीले कार्की पक्राउ परेको पुष्टि गरे । उनका अनुसार अनुसन्धानको दायरामा अन्य व्यक्ति पनि रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *