
काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को पोस्टर सार्वजनिक भएको छ। निर्माणपक्षले आइतबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा चलचित्रका अधिकांश कलाकारहरु फुचर्ड छन् । कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकारहरु पोस्टरमा अटाएका छन् ।
पोस्टरमा सबै कलाकारहरु आफ्नो क्यारेक्टर लुक्समा छन् । चलचित्रमा कुन कलाकारको कस्तो लुक्स छ भन्ने यो पोस्टरले प्रष्ट पारेका छ । मंसिर १८ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदैछ ।
विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो चलचित्रको प्राविधिक पक्ष र कथानक पक्ष दुवै बलियो रहेको निर्माणपक्षको दाबी छ। सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’ को कथा मुकेश खनालको लेखेका छन् । चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।
रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

Leave a Reply