ओली भन्छन्- चुनावबाट भाग्दैनौं भनेर एमालेले लुते कुरा गरिरहनुपर्छ र ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने प्रष्ट पारेका छ्न् ।

गुण्डुमा प्रेस चौतारीका नेताहरूसँगको छलफलमा उनले अहिले देशलाई शान्ति सुरक्षा चाहिएको बताए ।

ओलीले भने- कतिपय साथीहरूले चुनावका लागि भाग्ने हैन नेकपा एमाले भनेको सुनिन्छ यो भनिरहनुपर्छ र ? देशको सबभन्दा ठूलो सबभन्दा मजबुत पार्टी चुनावबाट भाग्दैनौं, डराउँदैनौं भनेर लुते कुरा गरिरहनुपर्छ र ? चुनाव भए हामी चुनाव गराउन चाहन्छौं । तर, यत्रो हतियार बाहिर, यत्रा अपराधी बाहिर । यस्तो असंवैधानिक सरकारसँग चुनाव गराउने के को हक छ ? सबैका लागि देशका लागि विघटित प्रतिनिधिसभाको तत्काल पुन:स्थापना हुनुपर्छ ।

उनले थपे, ‘समृद्धिका कुरा पछि गरौँला । अहिले यो देशलाई शान्ति सुरक्षा चाहिएको छ । खै विधिको शासन ?’

ओलीले एमालेले कोही कसैसँग नभाग्ने/नडराउने भन्दै महाधिवेशन पनि गर्ने र जनप्रदर्शन पनि गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *