
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको एकैदिन ६ हजार ९ सय रुपैयाँले घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनका मूल्य गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य २ लाख ४२ हजार ८ सय कायम भएकाे छ भने चाँदी पनि तोलामा १५० रुपैँयाले घटेको छ । चाँदी तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार २ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो भने र चाँदी तीन हजार२८५ मा खरिदबिक्री भएको थियो ।

Leave a Reply