
काठमाडौं । अभिनेता दीपकराज गिरीले संविधान संशोधन गरेर संसद् पुनर्स्थापना गरेर निर्वाचनमा गए देशले दिगो शान्तिको बाटो समाउने बताएका छन् । निर्वाचन होला कि नहोला भनेर संशय प्रकट भइरहेको बेला गिरीको यस्तो धारणा आएको हो ।
गिरीले सञ्जालमा लेखेका छन्, ‘सर्वदलीय भेला गर्दै संविधानमा के कस्ता सुधार गर्नु पर्छ भनेर छलफल गरेर सबैलाई मान्य हुने बिन्दुमा पुगेर एक दिनलाई संसद् पुनर्स्थापना गरी संविधान संशोधन गरेर निर्वाचनमा गए देशले दिगो शान्तिको बाटो समाउँथ्यो कि ?’
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन घोषणा गरेको छ ।

Leave a Reply