
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले नेताहरूले पार्टी छाड्नुको कारण खोज्नुपर्ने बताएका छन्।
सुमना श्रेष्ठपछि आज सन्तोष परियारले पनि पार्टी छाडेपछि आरोप भन्दा पनि पार्टीभित्रको समस्या समाधान गर्नुपर्नेमा उनको जोड छ।
उनले भने, ‘सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भए पछि छोड्यो भन्ने होला अब । अस्ति सुमना ले छोड्दा त त्यस्तो नियम बनाएकै थिएन त, किन छोडिन् ? सांसद नै नभएका केन्द्रीय सदस्य डा. प्रभात र हरिले छोडे । तिनले के नपाएर छोडे ? अब प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने ?’
उनले पार्टीमा सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘समस्या छन्, समाधान खोजौँ । जानेलाई लगाउने आरोप हैन, छोड्नुको कारण खोजौँ । सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौँ ।’

Leave a Reply