गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं । आशन्न निर्वाचनको तयारीका सन्दर्भमा आज गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ काे तयारीकाे विषयमा गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएकाे हाे ।

आयोगको कार्यालय, कान्तिपथमा जारी छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरुसँग आशन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षा योजना, राजनीतिक दल, जेनजी समूह र सरोकारवाला पक्षबाट आएका सुझावका विषयमा छलफल भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *