जनार्दन पक्षको प्रगतिशील नागरिक पार्टी दर्ताका लागि निवेदन, केन्द्रीय समितिमा छैनन् मुख्य नेता (सूचीसहित)

काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माको टिमले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेको छ । सविन सिग्देल अध्यक्ष रहनेगरी यसअघि नेपाल जनसेवा पार्टी दल दर्ताका लागि निवेदन पेश भएकोमा शुक्रबार नाम परिवर्तन गरेर प्रगतिशिल नागरिक पार्टी बनाइएको हो ।

निर्वाचन चिन्ह तीन पात प्रस्ताव गर्दै यही कात्तिक २१ गते आयोगमा निवेदन पेश भएको थियो । तर, शुक्रबार दलको नाम संशोधन गर्दै केन्द्रीय समितिमा रहेकाले सनाखत गर्ने काम गरिरहेका छन् । जनार्दन पक्षका एक उच्च नेताले निर्वाचन चिन्ह पनि हेरेफेर भएको हुनसक्ने बताए ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएसँगै तत्कालीन उपमहासचिव जनार्दन शर्माको संरक्षणमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश भएको हो । अध्यक्ष प्रस्ताव गरिएका सिग्देल तत्कालिन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनको विशेष प्रदेश समितिको सचिव थिए । दर्ताका लागि पेश भएको निवेदनमा केन्द्रीय समिति २५ सदस्यीय रहनेगरी प्रस्ताव गरिएको छ ।

जसमा अधिकांश तत्कालिन माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समितिसँगै क्याम्पस समितिमा रहेकाहरु छन् । जनार्दनसहितका मुख्य नेताहरु भने अहिले केन्द्रीय समितिमा छैनन् । रास्वपा छाडेर जनार्दनको क्याम्पमा पुगेका सन्तोष परियारको पनि नाम छैन ।

बुझिए अनुसार अहिले पार्टी दर्ता गरिराख्ने र निर्वाचन नजिकिएसँगै केन्द्रीय समितिको विवरण अद्यावधिक गर्ने रणनीति हुन सक्छ ।

यि हुन् अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य

१-अध्यक्ष सविन सिग्देल

२-उपाध्यक्ष यमुना पुडासैनी

३-उपाध्यक्ष युगल ढकाल

४-महासचिव सुरेशप्रसाद केसी

५-सचिव नविनकुमार साह

६-सचिव चन्द्रकला बास्तोला

७-सचिव सुशिला महतो

८-सचिव सुभेक्षा श्रेष्ठ

९-कोषाध्यक्ष राधिका नेपाली सदस्य

१०-सिशिर आदित्य गौतम

११-रोमन पराजुली

१२-रामचन्द्र कार्की

१३-किरण चन्द

१४-सन्ध्या नेपाल

१५.समृद्धि बिष्ट

१६-युनिक शर्मा

१७-प्रविणकुमार यादव

१८-सौरव दवाडी

१९-सौम्य श्रेष्ठ

२०-बिशाल गेलाल

२१-अभय शर्मा

२२-बर्षा पराजुली

२३-कल्पना लामा

२४-दुर्गादेवी न्यौपाने

२५-सिता राई

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *