
जनकपुरधाम । मधेश प्रदेशसभाका ५ जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउत ईशरले बदर गरिदिएकी छन् ।
सभामुखविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको केही घन्टामै मण्डलले लगातार १० बैठकमा अनुपस्थित रहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरिएको सूचना जारी गरेका थिए ।
तर, उपसभामुख राउतले अर्को सूचना सार्वजनिक गर्दै सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा छलफलको लागि मिति तय हुने अवस्थामा प्रतिशोधसुवरूप आवेगमा आएर निर्णय गरेको बताएकी छन् ।
२२ गतेको विश्वासको मतसम्बन्धी प्रस्तावको बैठकमा ती ५ जनै सांसद उपस्थित रहेको भन्दै सभामुखको सूचना बदर गरिएको उपसभामुख राउतले उल्लेख गरेकी छन् ।
सभामुख मण्डल नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् भने उपसभामुख राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन् ।


Leave a Reply