एकीकरणपछि बनेको नेकपामा १३८ सदस्यीय केन्द्रीय समिति प्रस्ताव, गंगा छुट्दा बिना अन्तिममा (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० दल एकीकरणपछि गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा १३८ सदस्यीय केन्द्रीय समिति रहने गरी निर्वाचन आयोगमा सूची पेश भएको छ ।

उक्त दलको संयोजकमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रस्तावित छन् ।

पेश गरिएको सुचीमा तेस्रो नम्बरमा झलनाथ खनाल, चौथो नम्बरमा बामदेव गौतम, पाँचौँ नम्बरमा नारायणकाजी श्रेष्ठ, छैटौँ नम्बरमा अग्निप्रसाद सापकोटा, सातौँ नम्बरमा कृष्णबहादुर महरा, आठौँ नम्बरमा जगन्नाथ खतिवडा, नवौँ नम्बरमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा. बेदुराम भुसालको नाम छ ।

पेश गरिएको सूचीमा टप १० मा एक जना महिला मात्रै समेटिएका छन् भने टप १५ सम्म २ महिला समेटिएका छन् । टप १० मा जयन्तीदेवी राई र टप १५ मा राईसँगै पम्फा भुसाल समेटिएका छन् ।

आयोगमा पेश भएको १३८ सदस्यीय केन्द्रीय समितिमा ३५ प्रतिशत भन्दा बढी अर्थात् ५० महिला छन् । सबैभन्दा अन्तिममा प्रचण्डकी बुहारी बिना मगरको नाम छ ।

डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाल नेकपामा समाहित भए पनि आयोगमा पेश गरिएको केन्द्रीय समितिको सूचीमा रावलको नाम समेटिएको छैन ।

नेकपाका एक नेताका अनुसार रावल नेतृत्वको अभियान समाहित हुनुअघि नै आयोगमा नामावली पेश भएकाले उनको नाम नरहेको हो । यद्यपि दल दर्ताको प्रक्रिया टुंगिनसकेको र कतिपय प्रमाण संकलनको काम भइरहेकाले रावलको नाम थपिन सक्ने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *