तीन महिनामा गुल्मीमा तीन सिडिओ

रुपन्देही । लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा तीन महिनामै तीन जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को हेरफेर भएको छ ।

जिल्लामा सबै क्षेत्रको सुरक्षा व्यवस्थापन तथा विभिन्न क्षेत्रको अनुगमन, निरीक्षण गर्नुपर्ने मुख्य प्रशासनिक निकायमा यसरी कम समयमा हेरफेर गरिँदा अस्थिरता बढेको भन्दै आलोचना हुन थालेको छ ।

सरकारले करिब तीन महिनाको अवधिमा गुल्मीमा तीन जना प्रमुख जिल्ला अधिकारी हेरफेर गरेपछि अहिले यसको आवश्यकता हो वा होइन भन्ने बहस थालिएको छ ।

यसअघि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई सरुवा गरी उनको ठाउँमा आनन्द सारुलाई पठाइएको थियो । तर, सारु गुल्मी नआउँदै नाम आएको करिब दुई हप्तामै पुनः सरुवा गरी कात्तिक २६ गते बन्द्रीनाथ गैरेलाई गुल्मीको नयाँ सिडिओको रूपमा खटाइएको छ ।

पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले अबधि नपुग्दै हुने सरुवाले विश्वसनीयता घटाएको जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *