
काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा कणाली याशविस र पोखरा निन्जाजले जित दर्ता गरेका छन् । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज भएको पहिलो खेलमा कर्णालीले ललितपुर युनाइटेढलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
कर्णालीले पहिलो सेट २५-१५, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पा¥यो । यो जितसँगै कर्णालीले फाइनलमा स्थान पक्का गरेको छ ।
आज भएको दोस्रो खेलमा फाइनल होडबाट बाहिरिएको पोखराले अपराजित रहेको ललितपुरलाई पहिलो हार चखायो । पोखराले ललितपुरलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पोखराले पहिलो सेट २५-२२, दोस्रोे सेट २५-१३ र तेस्रो सेट २५-२० ले जित निकाल्यो । ललितपुर र काठमाडौं स्पाइकर्सबिचको खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।
पोखरामा भइरहेको लिग भदौं २३ र २४ को जेनजी आन्दोलनका कारण स्थगित भएको थियो । त्यहिँ ठाउँबाट आज काठमाडौंमा सुरु भएको हो ।

Leave a Reply