
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले व्यवसायी दुर्गा प्रसाईंका प्रतिनिधिहरुसँग वार्ता गरेका छन् । करिब अढाइ घन्टा चलेको वार्तामा प्रसाईंको टोलीले २७ बुँदे मागपत्र पेश गर्यो ।
मागपत्रमा बैकको ऋण मिनाहा गर्नेदेखि लिएर प्रदेश संरचना खारेज गर्नुपर्नेसम्मका मागहरु समेटिएका छन् । वार्ताबाट निस्किएका प्रतिनिधिहरुले गृहमन्त्रीबाट सकारात्मक जवाफ मिलेको बताए ।
वार्ता टोलीका एक सदस्य भने, ‘गृहमन्त्रीले हाम्रो मागहरु संवेदनशील छन् र यसप्रति हामी सकारात्मक छौं भन्नुभएको छ । मन्त्रालय र सरकारले यसलाई विशेष ध्यान दिएर अघि बढाउने उहाँको भनाइ छ ।’
यदि सरकारले मंसिर ७ अगाडि नै माग पूरा गरे आन्दोलन स्थगित हुन सक्ने प्रसाईंको वार्ता टोलीले जनाएको छ ।

Leave a Reply