रामकुमारी र किसानबारे ओली- कुनै पद माग्नुभएको छैन, भुँइमै बस्न तयार छु भन्नुभएको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रामकुमारी झाँकी, किसान श्रेष्ठलगायत नेता कार्यकर्ताहरूलाई आफूसँग कुनै पद नमागेको बताएका छन्।

एमालेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै कुनै पदबिना नै आफ्नै अनुभव लिएर घर फर्किएको बताए।

उनले भने, ‘हामीले आह्वान गरेका हौँ। तर जोड गरेर आउन आउँ भनेर फकाएर ल्याएको होइन। हाम्रो आग्रहले होइन, उहाँहरूको अनुभवले फर्किनुभएको हो। हामीले केही पनि दिन्छु भनेका छैनौँ। उहाँहरूले पनि यो चाहियो भन्नुभएको छैन। घर फर्किने मात्रै भन्नुभएको हो।’

उनले एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा घर फर्किएको बताए।

उनले थपे, ‘मैले उहाँहरूलाई मनभित्र कता कता लोभ त राखेको छैन भनेर सोधेँ, उहाँहरूले भन्नुभयो, केही छैन। उहाँहरूले कुर्सी नभए चकटीमा बसौँला, चकटी नभए भुँइमा बसौँला, केही छैन। गन्तव्य हेरेर हामी आएका हौँ भन्नुभएको छ। त्यसलाई पार्टीले कदर गर्छ।’

उनले प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै ज्येष्ठ नागरिक आश्रम बनाएको भन्दै कटाक्ष गरे। उनले भने, ‘अब एक दुई जना समेट्न बाँकी छ, बागलुङ, प्युठानतिरबाट, त्यति समेट्नुभयो भने कोष पूरा हुन्छ उहाँहरूको। काम गर्ने जति एमालेतिर।’

उनले भीम रावललाई सङ्केत गर्दै छैटौँ वरीयता पाएपछि कुदेको टिप्पणी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *