प्रहरी वृत्त बानेश्वरबाट हतियार लुट्ने पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं-३१ आलोकनगर बस्दै आएका सिराहा-४ का २२ वर्षीय सेख सिद्धिकीको कोठामा आइतबार खानतलासी गर्दा ग्यास गनको २ वटा सेल बरामद गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका सिद्धिकीलाई आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *