पशुपति विकास कोषमा पार्टीका कार्यकर्ता भर्ती गर्नु गलत हो- प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने बताएकी छन् ।

सिंहदरबारमा सोमबार बसेको कोष सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले मुलुकको सांस्कृतिक ऐतिहासिक सम्पदा र संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिइन् ।

‘यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हुन्छ ।’ प्रधानमन्त्री कार्कीले भनिन् ।

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेखका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ ।

पर्यटन मन्त्रालय प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकाले उनैले बैठकको अध्यक्षता गरेकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *