
काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘जारी- २’ ले केही सिनहरू थपघट गरेको छ । फिल्म रिलिजपछि प्राप्त सुझावका आधारमा चलचित्रमा कैँची चलाइएको हो ।
सम्पादित चलचित्रलाई आज फेरि सेन्सर गराइएको छ । आज सेन्सर बोर्डमा चलचित्रको फेरि सेन्सर गरिएको हो । बोर्डले सेन्सर अनुगमन गर्दै यसको निर्देशन पालना नगरेका चलचित्रलाई कारबाही गर्न थालेपछि चलचित्रकर्मीहरू सचेत बनेका छन् । जारी २ को रि सेन्सर त्यसैको नतिजा हो ।
सम्पादनपछि चलचित्रको लम्बाइ बढेको छ । पहिले २ घण्टा ७ मिनेटको चलचित्र अहिले २ घण्टा २१ मिनेट पुगेको हो । चलचित्रले राम्रो व्यापार गरिरहेको छ भने दर्शकबाट औसत प्रतिक्रिया पाएको छ ।

Leave a Reply