एमाले फर्किँदै झाँक्रीले भनिन्- विगत र अहिलेको हेरेर मलाई ट्रोल गर्नुहुन्छ होला, स्वीकार्य छ

काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेर एमाले फर्किएकी नेतृ रामकुमारी झाँक्रीले जनताको रक्षक एमालेबाहेक अरू कुनै हुनै नसक्ने बताएकी छन्।

राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै एकताबद्ध भएर जनतामा गए विश्वास पाउने उनको भनाइ छ।

उनले भनिन्, ‘तपाईँहरूको क्यामेरा मप्रति फर्किरहँदा मलाई थाहा छ, मलाई विगत र अहिलेको हेरेर ट्रोल गर्नुहुन्छ होला। त्यो मलाई स्वीकार्य छ। यो आजको वास्तविकता हो। हामी वास्तविकताबाट टाढा हुन सक्दैन। त्यसैले एमाले भर्सेस जेनजी आन्दोलनका स्टेक होल्डरहरू र पीडित पक्षहरूको ध्रुवीकरण भएको छ।’

उनले कुनै सर्तबिना नै एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा सामेल भएको बताइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *